१० श्रावण २०८१, बिहीबार

छ वर्षीया छोरीको आग्रह मेरो बाबालाई बचाइदिनुस्




आर्थिक अभावका कारण आफ्नो अशक्त बुवाको उपचारमा कठिनाई आएपछि उपचार खर्चमा सहयोग गरेर बुवालाई बचाइदिन छ वर्षीया प्रतिभा खड्काले आग्रह गरेकी छन् ।

हाल सेती प्रादेशिक अस्पताल, धनागढ़ी मा उपचारत उनका ३४ वर्षीया बुवाका योगेन्द्रबहादुर खड्काको उपचारमा कठिनाई र दैनिक हातमुख जोड्न समेत धौधौ भएपछि उनलेले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरेकी छन्।


डोटी जिल्ला आदर्श गाउँपालिका ‐९ साबिक बाझककानि गाबिस निवासी योगेन्द्रबहादुर खड्का २०६९ साल पौष १३ मा सुर्खेत जिल्लाको साबिक दशरथपुरमा बस दुर्घटना मा परेर स्पाईनल ईञ्जुरी भई कम्मर भन्दामुनी चल्न नसक्ने हुनु भएका थिए ।


जर्मन अन्तरास्ट्रिय नियोग जीआईजेडको एसटीपीपी परियोजना अन्तर्गत एमआरसी नेपाल नामक गैह्र सरकारी संस्थामा कृषि प्राबिधिकको रुपमा कार्यरत रहदा सो दुर्घटनामा परेका थिए । हाल व्हीलचेयरको सहारामा रहेका उनका एक छ वर्षीया छोरी र श्रीमती छन् र बिपन्न परिवारको उनलाई परिवारबाट कुनै सहयोग हुन सकेको छैन ।


दुर्घटना पश्चात व्हीलचेयरमा हिड्नु पर्ने हुदा र डोटीको गाउँमा त्यो सुबिधा नभएपछि बस्न नसक्ने भएर र उपचार गर्नको लागि उनलाई उनकी श्रीमती बिष्णा खड्काले महेन्द्रनगर, कञ्चनपुर लिएर आएकी थिइन ।


पैसाको अभावमा केही समय आश्रमको बास भएका उनीहरु दैनिक फिजियोथेरापी गर्न एनएनएसडब्लुए सस्थामा जान्थे। सोही क्रममा एक जना मनकारीले उनलाई १ कठ्ठा जमिन भाडामा दिए जहा उनले आफूले सिकेको कृषि ज्ञानलाई श्रीमती मार्फत उतारी तरकारी खेती गेरर दैनिक जिविकोपार्जन गरे ।


तर बिडम्बना गत जेठको हावाहुरीले सबै तरकारी बाली नष्ट गरिदियो साथै उनी सोहि क्रममा लडेर गम्भीर बिरामी भए ।

पैसाको अभावमा अस्पतालसम्म जाने खर्च नभएपछि र झनझन गम्भीर हुदै गएपछि स्थानियबासीले एक हजार चार सय चन्दा उठाई सेती प्रादेशिक अस्पताल, धनगढी पठाइयो ।

हाल अस्पतालले अप्रेसन गर्नुपर्छ भनिरहेको छ र उनीसंग दैनिक हात मुख जोर्न समेत खर्च नभएको अवस्थामा दुखाई कम हुने औषधिखाई सहयोगी हातहरुको पर्खाइमा छन् ।

शारीरिकरुपमा पूर्ण अशक्त बुवा र आर्थिक अभावमा छट्पटाई रहेकी उनकी आमा हाल धनगढीको सेती अस्पताल छन् भने उनी आफ्ना एक जना काकाको सहारामा बुवाको सहयोगको लागि प्रार्थना गरेर बसेकी छिन।

ती बालिकालाई बिहान बेलुका खानपिनमा समेत अभाव भएपछि केही स्थानियले खाद्यान संकलन गरी हाललाई केही दिनका लागि जोहो गरि दिएका छन्। उनी भन्छिन मेरो बाबालाई बचाई दिनुभयो भने म ठूलो भएपछि सबैको गुण तिर्ने थिए साथै अर्धबेहोसी अवस्था मै उनले सहयोगको याचना गरेका छन् ।

उनलाई उपचारको लागि दैनिक चारदेखि पाँच हजारको आवश्यकता छ । हाल केही सहयोगी हातहरु जो पूर्ब एवं हाल जिआइजेडमा कार्यरत कर्मचारीले बुधबारसम्म उनको खातामा २६ हजार सहयोग गरेका छन् । भने सुदुरपश्चिमका ईञ्जियरहरुको संगठन सिडिइन, रेडक्रस धनगढीमा कार्यरत कर्मचारी एव केही समाजसेवी ले सहयोगको लागि हात अगाडि बढाएका छन् ।

यो विषम परिस्थिमा उनको जीवन रक्षा र उनकी श्रीमती एवं छोरीको आशु पुछ्नको लागि सम्पूर्ण सहयोगी हातहरुलाई अनुरोध छ ।

बिरामीको नाम योगेन्द्रबहादुर खड्का
नविल बैक महेन्द्रनगर खाता नम्बर 2910017507761
सम्पर्कका लागि योगेन्द्र खड्का ९८४३४२८१३८
बिष्णा खड्का श्रीमती ९८६८ ८९ ६५६८

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार