९ पुष २०८२, बुधबार

संघियताका शुरुका शासक हामी अन्तिमका मलामी त हुँदैनौं



इतिहासका विभूतिलाई सम्मान गर्न सकेनौ भने, शक्तिमा भएका बेला प्रयोग भएका गाडीघोडा तत्कालका लागि मात्र हुने छन, हाम्रो सम्मान पनि भविस्यमा हुने छैन ।


धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले संघीयताको सार्थकता देखिने गरेर प्रदेश सरकारले काम गर्नु पर्ने खालको सुझाव दिएका छन् ।


प्रदेश सरकार संघियताको पहिलो अभ्यास भएकाले जनतालाई अनुभूति हुने गरेर तिब्र गतिमा काम गर्न सकिएन भने संघियतामाथि नै प्रश्न उठ्ने चिन्ता उनले प्रकट गरे ।


शुक्रबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै सोडारीले भने–‘ सरकारले तीनवटा बजेट ल्याएको भए पनि देखिने र गौरव गर्न सकिने खालका काम हुन सकेका छैनन् ।

आर्थिक वर्ष सकिन लाग्दा, खर्च प्रगति कमजोर छ उनले भने दुई तिहाइको प्रदेश सरकारले बजेट मात्रै ल्याएर भएन, कार्यन्वयनको अवस्थातिर जानु पर्छ । सोडारीले भने आगामी वर्षलाई तिव्र गतिमा नबढाएर कछुवा गतिमा जाने हो भने हामीले धेरै प्रश्नको उत्तर दिन सक्दैनौ ।

नेपालमा कर्मचारी र एक खाले राजनीतिक नेतृत्वले संघियता मन परेका छैन । तीनै कर्मचारी र राजनीतिक नेतृत्वले सबै अधिकार केन्द्रीत गर्दैछन् उनले भने प्रदेश सरकार हस्तक्षेपपूर्ण ढंगबाटबाट अघि नबढ्ने हो भने, संघियताका शुरुका शासक हामी अन्तिमका मलामी त हुँदैनौं ।

अर्को प्रसंगमा प्रदेशको नीति तथा कार्यक्रमले ईतिहासका विभूतिलाई सम्मान गर्नुपर्नेमा जोड दिनु पर्ने बताउदै उनले हाम्रो प्रदेशमा इतिहासका बोकेका विभूतिहरुको नामबाट कार्यक्रम ल्याउन सुझाब दिए । इतिहासका विभूतिलाई सम्मान गर्न सकेनौ भने, शक्तिमा भएका बेला प्रयोग भएका गाडीघोडा तत्कालका लागि मात्र हुने छन , हाम्रो सम्मान पनि भविस्यमा हुने छैन उनले गम्भीर भएर भने ।

प्रदेशमा जन्मिएका दशरथ चन्द, जयपृथ्वीबहादुर सिंह, पहलमानसिंह स्वाँर र द्धारिकादेवी ठकुरानीको नाममा कार्यक्रम ल्याउन कस्ले रोक्यो ,। टिकाराम पार्की मन्दिरमा पहिलो पटक प्रवेश गर्ने दलित थिए त्यस्ता साझा व्यक्तिहरुको नाम नीति तथा कार्यक्रममै ल्याउन कस्ले रोक्यो, । ‘भीदत्त पन्तको नाम कृषिको कार्यक्रममा ल्याएर सम्मान गरे के विग्रिन्छ ।, सीमाका लागि लड्ने प्रेमसिंह धामीको नाम कार्यक्रममा आउदा के विग्रन्छ ।

थारु समुदायको स्थापित नाम चक्र डगौराथारु युद्धको चपेटामा मारिनुभयो, माओवादी आन्दोलनमा जोखन चौधरी पहिलो सहिद हुनुभयो, उहाँहरुलाई साझा व्यक्ति किन बनाउन नसक्ने पूर्वमन्त्री सोडारीले भने अवको बजेटमा सबैका साझा विभूतिहरुको नामबाट कार्यक्रम ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार