१० श्रावण २०८१, बिहीबार

होपव्रिजद्धारा स्थानीय तहमा खाद्यान्न सहयोग



धनगढी । होपव्रिज संस्थाले कैलालीको दुई वटा स्थानीय तहमा निःशुल्क खाद्यान्न र सावुन वितरण गरेको छ ।

संस्थाले जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउ“पालिकामा निशुल्क खाद्यान्न र सावुन वितरण गरेको हो ।

संस्थाका प्रदेश संयोजक महेन्द्र बमले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल र जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीलाई सामाग्री हष्तान्तरण गरेका हुन ।

साे अवसरमा नगर प्रमुख रावल र गाउँपालिका अध्यक्ष चाैधरीले संस्था र संस्थाका प्रदेश संयाेजक बमले सामाग्री सहयाेग गरेकाेमा धन्यवाद व्यक्त गर्दै अागामी दिनमा पनि सहयाेग गर्न अाग्रह गरे ।

संस्थाले चामल एक सय किलोग्राम, मसुर, अरहर, मटर, चना १५/१५ किलोका दरले ६० किलो दाल, एक लिटरका १० प्याकेट तेल, एक किलोका पाँच प्याकेट नुन र १५ प्याकेट सावुन वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार