१० श्रावण २०८१, बिहीबार

होपव्रिजद्धारा क्वारेन्टाइनमा निशुल्क खाद्यान्न वितरण



धनगढी । होपव्रिज संस्थाले कैलालीको धनगढीस्थित बासुदेवी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा निशुल्क खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खाद्यान्न अभाव हुन नदिन र सरसफाइमा सहयोग पुर्याउन बुधबार धनगढी उपमहानगरपालिकामार्फत खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई विद्यालयमै पुगेर सामाग्री हष्तान्तरण गरेका हुन ।

सामाग्री बुझ्दै नगर प्रमुख वडले संस्थाको सहयोगबाट क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुगेको बताए । उनले संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।

संस्थाले चामल एक सय ५० किलोग्राम, मसुर, अरहर, मटर, चना ५०/५० किलोका दरले दुई सय किलो दाल, एक लिटरका १५ प्याकेट तेल, एक किलोका पाँच प्याकेट नुन र पाँच प्याकेट लिटो वितरण गरेको हो । यस्तै, ३५ प्याकेट स्यानेटरी प्याड र ३० प्याकेट सावुन पनि वितरण गरिएको प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार