१० श्रावण २०८१, बिहीबार

स्थानीय जुटे क्वारेन्टाइनमा सहयोग गर्न



धनगढी । कैलारी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको सहयोगका लागि स्थानीय अगाडी सरेका छन् ।

गाउपालिकाको वडा नम्बर २ मा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेकाहरूका लागि सोही वडाको बसौटी गाउ“का स्थानीयले तरकारी सहयोग गरेको गाउ“पालिकामा कार्यरत जयकला रावलले जानकारी दिइन् । सोमबार रानामुडाका काशीनाथ चौधरीले पनि एक सय किलो तरकारी सहयोग गरेका थिए ।
कैलारी गाउ“पालिका वडा नम्बर २ स्थित कैलारी जनकल्याण आधारभूत नमूना विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल ३२ जना बसेको वडा नम्बर २ का वडाध्यक्ष सन्तु चौधरीले जानकारी दिए ।
कामको सिलसिलामा भारत गएकाहरू कोरोनाको डरले धमाधम स्वदेश फर्किन थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भएको छ । यो संगै उनीहरूलाई खाना, बस्नको लागि समस्या पनि बल्झिन थालेको छ ।
कैलारी गाउ“पालिकामा आठ ठाउँमा क्वारेन्टान स्थापना गरिएको छ । सोमबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४१५ रहेको थियो । क्वारेन्टाइनमा यसैगरी संख्या बढ्दै गए गाउ“पालिकाले थेग्न सक्ने अवस्था नरहने स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले बताए ।
‘अझै पनि केहि मान्छे थपिदैंछन’, उनले भने – अहिलेसम्म ठीकै छ, तर यसै गरी संख्या बढ्दै जाने हो भने गाउ“पालिकालेमात्रै थेग्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार