१० श्रावण २०८१, बिहीबार

६१ बोरा मेघाश्री (सुर्तीजन्य पदार्थ) सहित एक जना पक्राउ



धनगढी ।  ईलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीको गेटाबाट ६१ बोरा मेघाश्री (सुर्तीजन्य पदार्थ) सहित एक जनालाई पक्राउ गरेको छ ।

लकडाउनको समयमा अत्तरिया–धनगढी ६ लेन सडक अन्तरगत गेटामा मेघाश्री बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले ६१ बोरा मेघाश्री सहित कम्पनीका सेल्समेन धर्मराज बोहोरालाई पक्राउ गरेको हो ।

लकडाउनको समयमा सुर्तीजन्य पदार्थ विक्रि वितरण र ओसार–पसारमा रोक लगाईएको भएपनि लुकिछिपि कारोवार भईरहेको सूचनाका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए ।

उनले पक्राउ परेको मेघाश्रीका बारेमा आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार