होपव्रिज संस्थाद्धारा नाकामा रहेका नेपालीलाई शुद्ध खानेपानीको व्यवस्था
धनगढी । होपव्रिज संस्थाले कैलालीको गौरिफण्टा नाका र क्वारेन्टाइनमा रहेका सुदूरपश्चिमबासीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गरेको छ ।

नाकामा बसीरहेकाहरुलाई खानेपानीको अभाव हुन नदिन सोमबार धनगढी उपमहानगरपालिकामार्फत खानेपानी वितरण गरेको हो ।
संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई हष्तान्तरण गरेका हुन ।

सो अवसरमा बोल्दै नगर प्रमुख नृपबहादुर वडले संस्थाले एचआइभी संक्रमित बालबालिका, महिला लगायतमा खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरि उदाहरणीय काम गरेको बताए । उनले सीमा र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खानेपानीको व्यवस्था गर्नु सराहनिय काम रहेको बताए ।
संस्थाका प्रदेश संयोजक महेन्द्र बमले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाद्यान्न पनि वितरण गरिने जानकारी दिए ।
