१० श्रावण २०८१, बिहीबार

एक घण्टा कालोपट्टी बाँधेर विरोध



धनगढी । पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाका विरुद्धमा आइतबार जिल्ला प्रशासन कार्यालयको गेटमा एक घण्टा कालोपट्टी बाँधेर विरोध जनाइएको छ । अपराधीलाई कारबाही गर्न दबाब दिने उद्देश्यले सो विरोध जनाइएको हो ।

एनएन डिएस डब्लुओ कैलालीका अध्यक्ष चक्र बिकको संयोजकत्वमा सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । सो कार्यक्रममा संबिधान सभाका सदस्य हरि श्रिपाइली , गरिबी निबारण आयोगका पुर्व सदस्य बसन्त बागचन्द , अधिकारकर्मी साबित्रा घिमिरे विभिन्न संघ संस्थाका प्रमुख , बुद्धिजीवी एवम् समाजसेवीको उपस्थितिमा रहेको थियो ।

यसैगरी सोही घटनाका विषयलाई लिएर आइतबार मुख्यमन्त्री कार्यालयमा दुई बुँदे ज्ञापनपत्र बुझाइएको संयोजक चक्र विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार