१० श्रावण २०८१, बिहीबार

सरकार, सत्तापक्ष र प्रतिपक्ष सच्चिनु पर्छ : प्रमुख प्रतिपक्षी दलका नेता रावल



पूर्वाधारको रकम वन्द गरौ मालामाती राना

धनगढी, जेठ १३ गते । सुदूरपश्चिम प्रदेश सभाको छैंटौं अर्थात बर्खे अधिवेशन मङ्गलबारबाट सुरु भएको छ ।

छैटौं अधिवेशनको पहिलो बैठकमा शुभकामना दिदै संसदमा प्रतिनिधित्व गर्ने तीनै दलका नेताहरुले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथामा लागि प्रदेश सरकारले गतिलो कदम चाल्नु पर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भारतले कब्जा गरेको सुदूरपश्चिमको भू–भागलाई समेटेर नयाँ नक्सा जारी गरेकोमा सङ्घीय सरकारलाई धन्यवाद ज्ञापन गरे ।


रावलले कोरोनाले सुदूरपश्चिमबासीको रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे । उनले भने यहाँको ३० लाखमध्ये करिब आधा जनसङ्ख्या विभिन्न देशमा श्रम गर्ने गर्छन र त्यसमध्ये ९० प्रतिशत भारतमा काम गर्दै आएका छन ।


नेता रावलले भारतबाट फर्केर आएकाहरुलाई स्वदेशमै सदुपयोग गर्ने ठूलो अवसर पनि आएकोले त्यो अवसरलाई उपयोग गर्ने गरेर प्रदेश सरकारले बजेटमा प्राथमिकता बनाउनुपर्छ ।


प्रदेश सरकारको विगत झै आलोचना गरेका रावलले जनताले प्रदेश सरकार रहेको अनूभूति गर्न नसकिरहेको बेला कोरोना भाइरसका कारण चुनौतीझनै थपिएकोमा चिन्ता व्यक्त गरे । उनले अव सरकार, सत्तापक्ष, प्रतिपक्ष सबै सच्चिएर अगाडि बढ्न आवश्यक रहेको पनि औंल्याएका थिए ।

पूर्वाधारको रकम वन्द गरौ राना

मालामति राना सांसद, राष्ट्रिय जनता पार्टी


प्रदेश सभा बैठकमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका मालामाती राना थारुले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरुलाई दिइने तीन करोड रुपिया वितरण गर्ने कार्य बन्द गर्न माग गरिन ।

त्यो रुपियाँलाई कोरोना भाइरस रोकथाममा सदुपयोग गर्न उनले सरकारलाई सुझाव दिएकी थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार