५ जेष्ठ २०८१, शनिबार

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु



बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका ९ की ३० बर्षीया कलावती धामी रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

स्थानीय लिपुणखोला भीर भने स्थानबाट लडेर कलावतीको मृत्यु भएको स्थानीय सिरिस पुजारले बताए । माइतीघर लिपुणबाट घर फर्किने क्रममा उक्त भीरबाट लडेर कलावतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणका लागि स्वास्थ्य संस्थामा राखिएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार