६ बैशाख २०८१, बिहीबार

बलिउड अभिनेत्री पुनम पाण्डेले भनिन्-म घरमै छु पक्राउ परेको छैन



भारत । कोरोना संक्रमण रोक्न भारतभर लकडाउन गरिएको छ। केही अत्यावश्यकीय वस्तु र सेवाबाहेक अन्यमा सरकारले कडाइका साथ रोक लगाएको छ। मानिसहरुलाई घरबाहिर निस्कन रोकिएको छ। यसको प्रभाव बलिउड कलाकारहरुमा पनि परेको छ। उनीहरुले पनि लकडाउन पालना गर्दै अन्य व्यक्तिलाई सुरक्षित रहन भन्दै आएका छन्।

तर यहीबीचमा अभिनेत्री तथा मोडल पुनम पाण्डे लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेको समाचार भाइरल भयो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लकडाउन उल्लंघन गरेको आरोपमा पाण्डे र उनका एक साथी पक्राउ परेका थिए। उनीहरुविरुद्ध नियम उल्लंघन गरेको आरोपमा जाहेरी पनि दर्ता भएको थियो। 

तर पाण्डेले यसकाे सफाइ दिँदै गलत हल्ला भएको बताइन्। उनले आफू पक्राउ परेको कुराको खण्डन गर्दै आफू घरमै रहेको र सुरक्षित रहेको बताएकी छन्। आफ्ना विषयमा अफवाह फैलिएपछि उनले इन्स्टाग्राममा एक भिडियो हाल्दै त्यसलाई प्रष्ट पारेकी छन्। उनले आफू पक्राउ परेको भनिएकाे रात फिल्म हेरेर बसेको उल्लेख गर्दै भनेकी छन्, ‘म पक्राउ परें भनेर ‘मलाई हिजै रातिदेखि फोन आइरहेको छ, मैले यो खबर पनि हेरें, साथीहरु मेरो बारेमा यस्तो नलेखौं, म घरमै छु ,सुरक्षित छु।’ 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार