५ जेष्ठ २०८१, शनिबार

हिमानी ट्रस्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



धनगढी । हिमानी ट्रष्टले सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार ट्रष्टका सदस्य तेजबहादुर सिंह नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई संयुक्त रुपमा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

हिमानी ट्रष्टले प्रदेश सरकारलाई चार सय थान पिपिई, चार सय माक्स, चार सय सेनिटाइजर तथा अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको कोषका सदस्य सिंहले बताए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले ती सामग्री स्वास्थ्यकर्मी र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार