२३ बैशाख २०८१, आईतवार

शिक्षा निर्देशनालयको निर्देशन– परीक्षा नतिजा सामाजिक सञ्जालमा नराख



धनगढी । सुदूरपश्चिम प्रदेशको शिक्षा विकास निर्देशनालय दीपायलले विद्यार्थीको परीक्षा नतिजा सामाजिक सञ्जालमा राख्न रोक लगाएको छ । शिक्षा निर्देशनालयले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्न रोक लगाएको छ ।

निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै “सामाजिक सञ्जालमार्फत विद्यार्थीको नाम, रोल नम्बर, उत्तीर्ण र अनुत्तीर्ण छुट्याएर नतिजा प्रकाशन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखापर्न सक्ने” भएकोले त्यसरी नतिजा प्रकाशित नगर्न भनेको छ ।

त्यस्तै, नतिजा प्रकाशन गर्नै परे रोलनम्बर मात्रै राखेर नतिजा प्रकाशन गर्न शिक्षा समन्वय ईकाइ र स्थानीय तहका शिक्षा शाखालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार