१० श्रावण २०८१, बिहीबार

सुत्केरीको एयर लिफ्टबाट उद्धार



धनगढी । धनगढीबाट एक सुत्केरीको उद्दार गरिएको छ । बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर २ की ३३ वर्षीया जानकी रावलको धनगढीबाट उद्दार गरिएको हो ।

बझाङमा ११ दिन अघि छोरी जन्माएकी उनलाई पेट सुन्निएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो । डडेल्धुरा अस्पतालले पनि धनगढी रेफर गरेको थियो । सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टर मार्फत टिचिङ अस्पताल काठमाडौ“ लगिएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा सुदूरपचिम सरकारको एयर लिफ्ट कार्यक्रम मार्फत उनको उद्दार गरिएको सामाजिक विकास मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले जानकारी दिए । रावलकी ११ दिनकी छोरीलाई धनगढीमा नै राखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार