१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा



धनगढी । सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका चार जिल्लालाई कोरोना भाइरस (कोभिड १९) को रेड जोन अर्थात् उच्चजोखिममा राखेको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय–सुझाव प्रतिवेदनमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको हो ।
लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी तीन क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।
गृहको सुझावमा २९ जिल्ला रातो, २८ जिल्ला पहेंलो र २० जिल्ला हरियो क्षेत्रमा छुट्याइएको छ । जसमा सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्ला रेड जोन, तीन जिल्ला एल्लो र दुई जिल्लालाई ग्रीन जोनमा राखिएको छ ।
रेड जोनमा राखिएका जिल्लामा लकडाउन लम्ब्याउने तयारी गरेको छ भने अन्य जिल्लामा केही खुकुलो पारिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार