१० श्रावण २०८१, बिहीबार

नेविसंघको ५१ औं स्थापना दिवसको अवसरमा धनगढीमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण



धनगढी । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले शनिवार ५१ औँ स्थापना दिवस  विभिन्न कार्यक्रम गरी मनाएको छ।

कोरोना भाइरस विरुद्ध सचेतना अभियानलाई जारी राख्दै नेविसंघले स्थापना दिवस मनाएको हो। यसैबिच  नेविसंघको केन्द्रीय समितिको पूर्व घोषित  कार्यक्रम अनुसार धनगढीका विभिन्न वडामा  रहेका बिद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।

लकडाउनका बेला समस्यामा परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । यहाँका  वडा  नम्बर १ का १४ जना, वडा  २ का  १९ का वडा नम्बर ३ का १७ जना लाई खाद्यान्न वितरण गरेको छ ।

यस्तै वडा नम्बर ५ का ३० जना र वडा नम्बर ६ का २० जना विद्यार्थीलाई राहत वितरण गरेको  नेविसंघ कैलाली बहूमुखी क्याम्पस अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य सुमन केसीले बताए ।  धनगढीमा रहेको आमाको माया छात्रावासलाई पनि खाद्यान्न सहयोग गरेको  उनले बताए । 

नेविसंघ कैलाली बहूमुखी क्याम्पस नेता मनिष कुँवर,नेविसंघ कैलालीका नेता विपिन कटुवाल, धनगढी उपमहानगरपालिकाका विद्यार्थी नेता निराजन खड्का, पारस बोहरा मानबहादुर बुढा, अशोक थापा,ऐश्वर्य बहुमुखी क्याम्पस  नेवि संघ ईकाइ समितिका अध्यक्ष  जीवन कार्कीले  र मोहन खड्का लगायतले सामग्री हस्तान्तरण गरेका हुन।  

यस्तै लक डाउनका कारण समस्या परेका विद्यार्थीले ९८४८५७५३०५  मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार