२ जेष्ठ २०८१, बुधबार

वेसाहारालाई मुख्यमन्त्रीले दिए राहत



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आश्रय गृहमा बसिरहेका बेसाहार र मानसिक समस्या भोगीरहेकाहरुलाई शुक्रबार राहत स्वरुप खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीका दृष्टी फाउन्डेसन, मानवसेवा फाउन्डेसन अत्तरियाको, महिला तथा बालबालिका स्याहार केन्द्र र बौनियाको साहारा घरलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । दृष्टी फाउन्डेसनका सञ्चालक कल्पना भट्टका अनुसार चारैवटै संस्थालाई चामल, दाल, नून, तेल सहितका १००÷१०० पोका दिइएको छ ।
यो राहतले आफूहरु सहितका ४५ जना पीडित महिलालाई छाक टार्न सहज हुने सञ्चालक भट्टले बताइन । यस्तै गरेर प्रदेशका मजदूर लगायतका विपन्नलाई वैक खातामै राहत सहयोग दिने मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले बताए ।
शुक्रबारको राहत वितरणमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार