२ जेष्ठ २०८१, बुधबार

धनगढीमै कोरोना परीक्षण शुरु (तस्बिर सहित )



धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरल (कोभिड १९) को स्वाब नमुना परीक्षण शुरु भएको छ ।
संक्रमणको आशंका गरिएका एक विमारीको नमूना आज परीक्षण गरिने भएको छ । हालै संघीय सरकारले ‘रियल टाइम पीसीआर’ उपकरण पठाएपछि सोही उपकरणबाट नमूनाको परीक्षण गर्न थालिएको हो । संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको चार जनाको टोलीले सो परीक्षण गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार