१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिममै ल्याव, किट तथा प्राविधिकको तत्काल व्यवस्था गर्न नागरिक अगुवाहरुको माग



धनगढी । धनगढीमा क्रियाशिल नागरिक अगुवाहरुले सुदूरपश्चिमवासी पनि कोरोना भाइरस (कोभिड१९) को जोखिममा रहेको बताउदै आफूहरुको गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् । विज्ञप्तीमा कोरोना संक्रमणको परीक्षणका लागि आवश्यक ल्याव, किट तथा प्राविधिक जनशक्तिको तत्काल सुदूरपश्चिममै व्यवस्था गर्न विशेष माग गरिएको छ ।


बिहिबार एक प्रेस विज्ञप्ती प्रकाशित जारी गर्दै नागरिक अगुवाहरुले कोरोना भाईरसका कारण निम्तिएको महाविपत्तिको घडीमा नागरिकका नागरिकका सरोकारहरु सार्वजनिक गरेका छन् । विज्ञप्तीमा कोरोना भाईरसका कारण निम्तिएको विपत्तिको यस घडीमा संयमता अपनाउन, सरकारको निर्देशनलाई पालन गरेर घरमै वसिदिन, संक्रमण हुन नदिनका लागि आवश्यक स्वास्थ्य सावधानी अपनाउन तथा कोरानाले निम्त्याएको यस युद्धलाई परास्त गर्न सवैले ऐक्यवद्धता प्रकट गरिदिन सम्पूर्ण सुदूरपश्चिमवासी नागरिकहरुमा हार्दिक अपिल गर्दछौं भनिएको छ ।
कोरोना भाइरसको थप संक्रमणलाई बढन नदिन भारत तथा अन्य मुलुकवाट सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्नु भएका सम्पुर्ण महानुभावहरुका लागि १४ दिन क्‍वरेन्टाइनमा वस्ने व्यवस्था गर्न, संक्रमणको कुनै लक्षण देखा परेमा थप उपचारको लागि आइसोलेशनमा पठाउने व्यवस्था गर्नका लागि आवश्यक पहल, समन्वय तथा व्यवस्थापन गर्न यस प्रदेशका सवै स्थानीय सरकारहरुलाई अनुरोध गर्दछौं सो विज्ञप्तीमा भनिएको छ ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहका लागि आवश्यक वातावरण निर्माण गर्न तथा संक्रमितहरुका लागि सुविधा सम्पन्न आईसोलेशन वार्डहरुको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग जोडदार माग गर्दर्छौ नागरिक अगुवाहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
पाँच वुँदे विज्ञप्तीमा कोरोनाको थप संक्रमण हुन नदिनका लागि सम्पूर्ण देश वन्द रहेको यस घडीमा दैनिक ज्याला मजुदुरी गरि जीवन निर्वाह गरिरहेका परिवारहरुका लागि आवश्यक खाद्यान्न लगायतका राहत समाग्रीको व्यवस्था गर्न तथा आम नागरिकहरुका लागि आवश्यक उपभोग्य सामाग्रीहरुको आपुर्ति व्यवस्था मिलाउन स्थानीय सकारहरु तथा प्रदेश सरकार समक्ष माग पनि गरिएको छ ।
कोरोनासंग लड्नका लागि आगामी दिनमा थप स्रोतको आवश्यकता पर्ने देखिएकोले प्रदेश स्तरिय आकस्मिक कोष निर्माण गर्न र सो कोषमा प्रदेश सरकारको बजेट रकमान्तर गर्ने, साथै विपत्तिको यस घडीमा सहयोग गर्न इच्छुकहरुलाई समेत सो कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सो रकमलाई कोरोनासंग लडनको लागि आवश्यक क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारसंग माग गर्दछौं सो विज्ञप्तीको अन्तिम वुँदामा उल्लेख गरिएको छ ।
प्रा. डा. हेमराज पन्त, डा. गणेशबहादुर सिंह, गोपाल हमाल, धर्मराज पाठक, प्रमोद पाठक, दिनेशराज भण्डारी र वीरबहादुर जेठाराले संयुक्त विज्ञप्ती जारी गर्दै नागरिकका सरोकार सार्वजनिक गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार