१७ बैशाख २०८१, सोमबार

कैलालीमा पनि निशेधाज्ञा जारी



धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले नोभेल कोरोना (कोभिड–१९) को संक्रमण रोक्नका लागि सोमबार दिउँसो २ बजेदेखि निशेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै निशेधाज्ञा जारी गरेको हो । सूचनामा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमीनार, भिडभाड गर्ने कार्यक्रम नगर्न, नगराउन अनुरोध गरिएको छ ।
कैलाली उद्योग वाणिज्य संघले आव्हान गरेको बन्दका कारण कैलालीका अत्यवाश्यक पसल बाहेकका सबै बजार सोमबार बिहानदेखि नै बन्द छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने आइतबार मध्यरातिदेखि नै कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने गरी निशेधाज्ञा जारी गरेको छ । कञ्चनपुरमा अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, कलकार खाना सबै बन्द छन् ।
नेपाल सरकारले सबै नाकाहरु शिल गरेपछि भारतबाट घर फर्किरहेका नेपालीहरु धनगढीको त्रिनगर नाका र भीमदत्त नगरको गड्डाचौकी नामा हजारौं नेपालीहरु सीमानाका खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार