१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा १० जनाको कोरोना भाइरसको ल्याब्रोटरी परीक्षण, सबै नेगेटिभ



धनगढी । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमण देखापरेका छैन । हालसम्म सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालबाट १० जना शंकास्पद व्यक्तिहरूको नमुना ‘ल्याव्रोटरी’ परीक्षणका लागि पठाइएको छ ।
सेती प्रादेशिक अस्पतालबाट आठ र महाकाली प्रादेशिक अस्पतालबाट दुई जनाको ‘नमुना’ परीक्षणका लागि काठमाडौं पठाइएको जनाइएको छ ।
‘कोरोना भाइरसको १० जना शंकास्पद व्यक्तिको नमुना परिक्षणका लागि पठाइएको छ । अहिलेसम्म कसैमा पनि कोरोना भने देखिएको छैन” प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आइतबार अनुमोदनसंग भने– अहिलेसम्म आएका रिपोर्टमा सबैको परीक्षण नतिजा ‘नेगेटिभ’ रहेको छ ।
सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले अहिलेसम्म आठ जनाको नमुना पठाइएकोमा चार जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । उनका अनुसार शुक्रबार थप चार जना शंकास्पद व्यक्तिहरू अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका चार जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको र आज (सोमबार) सम्म रिपोर्ट आउने डाक्टर जोशीले बताए ।
त्यस्तै, महाकाली प्रादेशिक अस्पतालमा भारतबाट फर्किएका मध्ये दुई जना नेपालीमाथि कोरोना भाइरस संक्रमणको आशंका गरिएको थियो । उनीहरूलाई अहिले महाकाली प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालले त्यहा“ राखिएका विरामीको नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरिकृष्ण श्रेष्ठले भने– नमुनाको रिपोर्ट आएपछिमात्रै थप कुरा थाहा हुनेछ ।
भारतमा कोरोना भाइरसका बिरामी बढ्दै जा“दा सुदूरपश्चिम प्रदेशमा संक्रमणको उच्च जोखिम रहेको छ । यस्तो अवस्थामा प्रदेश सरकारको उपचार तयारी भने फितलो रहेको गुनासो स्वास्थ्यकर्मीहरूले गरिरहेका छन् । अभावकै बीचमा पनि चिकित्सकले आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गरिरहेका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्ष अभावै अभावमा गुज्रिरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा थप आइसोलेसन स्थापना गर्ने तयारी गरिरहेको छ ।
आईतबार कैलाली उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समितिको जग्गामा ५० वेडको आइसोलेसन वार्ड स्थापना गर्न सरसफाई गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली उद्योग वाणिज्य संघको हल र संघको छेउमै रहेको जिल्ला समन्वय समितिको जग्गामा थप बेड राखि आइसोलेसन स्थापना गर्ने तयारी गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने– प्रदेशमा क्वारेन्टाइन स्थापना गर्न सम्भव छैन । हामी थप आइसोलेसन स्थापना गर्न स्थान खोजिरहेका छौं ।
उनले पहिलो विकल्पमा कैलाली उद्योग वाणिज्य संघको हल र जिल्ला समन्वय समितिको प्रांगण रहेका छन् भने दोस्रो विकल्पमा गेटा मेडिकल कलेज र गेटा आ“खा अस्पताल रहेका छन् । उनले भने– थप आवश्यकता परे होटल, विद्यालय पनि प्रयोग गरिने छ ,
अहिले सुदूरपश्चिम प्रदेशका २२ वटा अस्पतालमा ७० वडा बेडसहितको आइसोलेसन स्थापना गरिएका छन् । प्रदेश सरकारले सेती प्रादेशिक र महाकाली प्रादेशिक अस्पतालमा ५०÷५० वेडको आइसोलेसन स्थापना गर्ने तयारी गरिसकेको जनाइएको छ ।
सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोशीले भने– आइसोलेसन वार्डमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सकलाई आवश्यक सामग्री अभाव छ । उनले बिरामीको सम्पर्कमा जा“दा लगाउने लुगा, मास्क जस्ता सामग्री अभाव रहेको बताए ।
सेती प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । सात जनाभन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सकहरू बताउ“छन् । ‘अहिले प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष छ’ डाक्टर जोशीले भने– योभन्दा बढी भएमा बेड थप्नुपर्ने अवस्था आउ“छ ।
उनले उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेका बेला अस्पतालबाट प्रदेश सरकारलाई आपूर्ति गरिदिन भन्दै पत्राचार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार