१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरस रोकथाम प्रयास



भन्सार नाकामा निगरानी कक्ष

धनगढी । कोरोना भाइरस रोकथामका लागि धनगढीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले बेड, औषधी तथा स्वास्थ्यकर्मी सहित बुधबार भन्सार नाकामा निगरानी कक्ष स्थापना गरेको छ ।
निगरानी कक्षमा अहिले तीन वटा बेड राखिएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आवश्यकता अनुसार बेडहरू थप गरिने बताए । उनले भने– निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरिएको छ । स्वास्थ्य चेकजा“च गर्ने उपकरण र आवश्यक औषधीहरूको पनि व्यवस्था गरेका छौं ।
निगरानी कक्षको अगाडी अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, बिरामीका लागि खानेपानी र सौचालयको पनि व्यवस्था मिलाइएको छ ।
धनगढी उपमहानगरपालिकाले फागुन २४ गतेदेखि नै भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल आउने व्यक्तिको चेकजा“च गरिरहेको छ ।
यसैबीच, कोरोना भाइरस सतर्कता अन्तरगत धनगढी उपमहानगरपालिकामा बुधबार नै बहुसरोकारवालाहरूको बैठक भएको छ ।
बहुसरोकारवालाहरूको बैठकले धनगढी बजारका मुख्य चौक, बसपार्कमा प्लाष्टिक पानी ट्यांकीहरू राखेर हिडडुल गर्नेहरूका लागि हातधुने ब्यबस्था मिलाउने, कोरोना भाइरसबाट बच्न सकिने विषयमा प्रचारप्रसार गर्ने, बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजा“च गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा सहभागी बैकर्स क्लव कैलालीका अध्यक्ष धर्म बिष्टले कोरोना भाइरस अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए ।

बँलाजी सर्जिकलद्वारा गामन वितरण

कोरोना भाइरस रोकथामका लागी धनगढीस्थित बालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गामन वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमबीच बालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना बर्नवाल र दिपेन्द्रप्रसाद तिवारीले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई डिस्पोेजल गामन हस्तान्तरण गरे ।
सो अवसरमा नगरप्रमुख वडले सहयोगका लागि वालाजी सर्जिकल सप्लायर्सलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार