१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरस सम्बन्धी अन्तक्रिया



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी नगर स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
घोडाघोडी नगरपालिकाको स्वासथ्य शाखाको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले कोरोना भाइरसबारे जानकारी गराएका थिए ।
उनले रुघा खोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाटी, टाउको तथा जिउ दुख्ने निमोनिया हुनु, रोगमा मुख्य लक्षण भएको बताए ।
उनले यसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, प्लु जस्तो लक्षण देखिएमा चिकित्सक सगँ परामर्श लिने, प्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहेन, जंगली तथा घरपालुवा पशुपन्छी सँगको असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खान अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार