८ जेष्ठ २०८१, मंगलवार

सरकारद्वारा एसईई परीक्षा स्थगित



धनगढी । नेपाल सरकारले आज (बिहीबार) देखि शुरु गर्ने गरी तयारी गरिएको एसईई परीक्षा स्थगित गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।
त्यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ ।
त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ ।
यस पटकको एसईईमा सुदूरपश्चिम प्रदेशभरी सम्पूर्ण तयारी पुरा भइसकेको थियो । सरकारले एसईई स्थगित भएपछि तयारी खेर गएको छ ।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशभरी २६ हजार एक सय ४२ छात्र र २८ हजार तीन सय ९५ छात्रा गरी ५४ हजार पा“च सय ३७ परीक्षार्थीहरू सहभागी हुने छन् । यस पटकको इसईईमा सुदूरपश्चिम प्रदेशमा नियमिततर्फ २४ हजार दुई सय ५७ छात्र र २६ हजार तीन सय ९१ छात्रा गरी ५० हजार छ सय ४८ परीक्षार्थी रहेका छन् ।
त्यस्तै, प्राविधिक धारतर्फ छ सय ६३ छात्र र तीन सय ६४ छात्रा गरि एक हजार २७ परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक हजार दुई २२ छात्र र एक हजार छ सय ४० छात्रा सहित दुई हजार आठ सय ६२ विद्यार्थीहरू परीक्षामा सहभागि हुने निर्देशनालयले जनाएको छ ।
एसईई परीक्षाका लागि सुदूरपश्चिम प्रदेशभरी दुई सय ११ परीक्षा केन्द्र तोकिएको थियो ।
यस पटकको एसईईमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका सात सय ७८ सामुदायिक र एक सय ९७ संस्थागत गरि नौ सय ७५ माध्यामिक विद्यालयका विद्यार्थीहरू सहभागी हुन तयार भएका थिए ।
शिक्षा विकास निर्देशनालयका अनुसार एस पटकको एसईईमा परीक्षामा कैलालीमा सबैभन्दा बढि परीक्षार्थी सहभागी छन् भने डडेल्धुरामा सबैभन्दा कम परीक्षार्थी रहेका छन् । कैलालीमा एक सय ७२ सामुदायिक र एक सय पा“च संस्थागत विद्यालयका सात हजार सात सय ७३ छात्र र आठ हजार सात सय ८८ छात्रा गरी १६ हजार पा“च सय ६१ जना परीक्षार्थी सहभागी हुनेछन् ।
कैलालीमा नियमिततर्फ सात हजार चार सय ६६ छात्र र आठ हजार चार सय ३९ छात्रा गरि १५ हजार नौ सय पा“च जना परीक्षार्थी रहेको जनाइएको छ ।
त्यस्तै, कैलालीमा प्राविधिक धारतर्फ एक सय ६९ छात्र र ८३ छात्रा गरी दुई सय ५२ र ग्रेडवृद्धितर्फ एक सय ३८ छात्र र दुई सय ७१ छात्रा गरी चार सय नौ जना परीक्षार्थी रहेका छन् । कैलालीमा ५३ वटा परीक्षा केन्द्र तय गरिएका छन् ।
त्यस्तै, डडेल्धुरामा एक हजार एक सय ३३ छात्र र एक हजार दुई सय ६७ छात्रा गरी दुई हजार चार सय परीक्षार्थी यस पटकको एसईईका परीक्षार्थी छन् । डडेल्धुरामा नियमिततर्फ नौ सय ८६ छात्र र एक हजार १७ छात्रा गरी दुई हजार ८३ परीक्षार्थी रहेका छन् ।
त्यस्तै, डडेल्धुरामा प्राविधिक धारतर्फ ७८ छात्र र ४१ छात्रा गरी एक सय १९ जना परीक्षार्थी रहेका छन भने ग्रेडवृद्धितर्फ ६९ छात्र र एक सय २९ छात्रा गरी १९८ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, कञ्चनपुरबाट चार हजार छ सय ८६ छात्र र पा“च हजार पा“च सय ४२ छात्रा गरी १० हजार दुई सय २८ जना परीक्षार्थी छन् । कञ्चनपुरमा नियमिततर्फ चार हजार चार सय १३ छात्र र पा“च हजार एक सय ४७ छात्रा गरी नौ हजार पा“च सय ६० जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा प्राविधिक छात्रतर्फ ९३ छात्र र ६७ छात्रा गरी १६० जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक सय ८० छात्र र तीन सय २८ छात्रा गरी पा“च सय आठ जना परीक्षार्थी रहेका छन् । कञ्चनपुरमा ३३ वटा परीक्षा केन्द्र कायम गरिएको जनाइएको छ ।
त्यस्तै, बैतडीमा दुई हजार आठ सय १९ छात्र र दुई हजार सात सय ९९ छात्रा गरी पा“च हजार छ सय १८ जना परीक्षार्थी रहेका छन् । बैतडीमा नियमिततर्फ दुई पा“च सय ५३ छात्र र दुई हजार छ सय ४५ छात्रा गरी पा“च हजार एक सय ९८ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, बैतडीमा प्राविधिक धारतर्फ ८९ छात्र र ३२ छात्रा गरी एक सय २१ जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक सय ७७ छात्र र एक सय २२ छात्रा गरी दुई सय ९९ परीक्षार्थी रहेका छन् ।
त्यस्तै, बझाङमा दुई हजार पा“च सय ३० छात्र र दुई हजार चार सय ५९ छात्रा गरी चार चार हजार नौ सय ८९ जना परीक्षार्थी रहेका छन् । बझाङमा नियमिततर्फ दुई हजार तीन सय ८७ छात्र र दुई हजार तीन सय १५ छात्रा गरी चार हजार सात सय दुई जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, प्राविधिक धारतर्फ ४५ छात्र र ४८ छात्रा गरी ९३ जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ९८ छात्र र ९६ छात्रा गरी एक सय ९४ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, अछाम जिल्लामा दुई हजार दुई सय ५१ छात्र र दुई हजार चार सय ८० छात्रा गरी चार हजार सात सय ३१ जना परीक्षार्थी रहेका छन् । अछाममा नियमिततर्फ दुई हजार ४५ छात्र र दुई हजार तीन सय सात छात्रा गरी चार हजार तीन सय ५२ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, अछाममा यस पटकको एसईईमा प्राविधिक धारतर्फ ८१ छात्र र २८ छात्रा गरी एक सय नौ जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक सय २५ छात्र र एक सय ४५ छात्रा गरी दुई सय ७० परीक्षार्थी रहेका छन् ।
त्यस्तै, दार्चुलामा एक हजार छ सय ५७ छात्र र एक हजार आठ सय ४८ छात्रा गरी तीन हजार पा“च सय पाँच जना एसईई परीक्षामा सहभागी हुने जनाइएको छ ।
दार्चुलामा नियमिततर्फ एक हजार चार सय ३६ छात्र र एक हजार पा“च सय ७६ छात्रा गरी तीन हजार १२ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, दार्चुलामा प्राविधिक धारतर्फ ३६ छात्र र १२ छात्रा गरी ४८ परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक सय ८५ छात्र र दुई सय ६० छात्रा गरी चार सय ४५ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, यस पटकको एसईईमा बाजुराबाट एक हजार छ सय ९८ छात्र र एक हजार छ सय ९८ छात्रा गरी तीन हजार तीन सय १६ जना परीक्षार्थी छन् । बाजुरामा नियमिततर्फ एक हजार चार सय सात छात्र र एक हजार चार सय २५ छात्रा गरी दुई हजार आठ सय ३२ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, बाजुरामा प्राविधिक धारतर्फ २२ छात्र र १७ छात्रा गरी ३९ जना परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ एक सय ९३ छात्र र दुई सय ६० छात्रा गरी चार सय ४५ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, डोटीमा एक हजार छ सय ७४ छात्र र एक हजार पा“च सय सात छात्रा गरी तीन हजार एक सय ८१ जना यस वर्षको एसईईमा सहभागी हुने भएका छन् ।
डोटीमा नियमिततर्फ एक हजार पा“च सय ६४ छात्र र एक हजार चार सय ४० छात्रा गरी तीन हजार चार जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, डोटीमा प्राविधिक धारतर्फ ५० छात्र र ३६ छात्रा गरी ८६ परीक्षार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ६० छात्र र ३१ छात्रा गरी ९१ जना परीक्षार्थी रहेका छन् ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले सम्पूर्ण जिल्लामा एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका र प्रश्नपत्र पठाउने लगायतका सम्पूर्ण काम पुरा भइसकेको बेला परीक्षा स्थगित भएको बताए । उनले यस वर्षको एसईईलाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न खटाइएको सुरक्षा संयन्त्र पनि फिर्ता बोलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार