१० श्रावण २०८१, बिहीबार

बौनियामा हेल्थ डेस्क



बौनिया । कोरोना भाईरस विरुद्धको सचेतना कार्यक्रम अन्तर्गत बौनियामा हेल्थ डेस्क स्थापना गरिएको छ ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ र बर्दगोरिया गाउपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
हेल्थ डेस्कमा “कोरानाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं” भन्ने सन्देशमुलक ब्यानर राखिएको छ । त्यस्तै, कोरोना भाईरसका मुख्य लक्षण तथा बचाउका उपायबारे उल्लेख छ ।
हेल्थ डेस्कको बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौराथारुले उद्घाटन गरे ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष भगवति डगौराथारु, प्रमुख प्रशासकिय अधिकृत अर्जुनसिंह कार्की, वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा, स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशी, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनिष भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार