१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम



टीकापुर । कैलालीको टीकापुरमा कोरोना भाईरस बारे सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ७ को आयोजनामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना विरुद्धको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।
वडा नम्बर ७ सिमानाका जोडिएको क्षेत्र भएकोले सतर्कता अपनाउन महिला स्वास्थ स्वयंसेविका र बडघरहरूको सहभागिता सचेतना मुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
टीकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण टीकापुर नगरपालिका स्वास्थ शाखाका प्रमुख बल बहादुर रावल र रतन टमट्टाले गरेका थिए ।
कार्यक्रममा टीकापुर नगरपालिका कार्यपालिका सदस्य सञ्जा वड, क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भिम विक, पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार