१५ चैत्र २०८०, बिहीबार

बलात्कार प्रयास गरेको आरोपमा प्रदेश सांसद् रावल पक्राउ



धनगढी । बलात्कार प्रयास गरेको आरोपमा सुदूरपश्चिम प्रदेश सभाका एक जना सदस्य बुधबार पक्राउ गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका सचेतक अक्कलबहादुर रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बलात्कार प्रयास गरेको आरोपमा उजुरी परेपछि सो सम्बन्धी जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रदेश सांसद् रावललाई पक्राउ गरी हिरासतमा राखेको जनाए ।
प्रदेश सांसद रावल विरुद्ध धनगढीकी एक महिलाले फागुन १४ गते आफूलाई प्रदेश सांसद रावलले बलात्कारको प्रयास गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले प्रहरीलाई माघ २१ गते रावलले आफूलाई बलात्कारको प्रयास गरेको उजुरी दिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए । बुधबार साँझ रावल स्वयम् उपस्थित भएपछि हिरासतमा लिएको प्रहरीले बिहीबार अदालतबाट म्याद लिएर अनुन्धान गर्ने तयारी गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
यद्दपि, प्रदेश सांसद रावलले आफूमाथि लागेको आधार झुठो र निराधार रहेको बताउँदै मुद्दा फेस गर्ने जनाएको प्रहरी स्रोतले जनाएको छ । उनले प्रहरीलाई आफूलाई फसाउन खोजेको प्रतिक्रियाका छन् । प्रदेश सांसद् रावल अछामको निर्वाचन क्षेत्र नं. २ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार