२३ बैशाख २०८१, आईतवार

आम जनतासम्म अझैं गुणस्तरीय स्वास्थ्य सेवा पुगेको छैन– मन्त्री ढकाल



धनगढी/ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आम नागरिकसम्म अझैं गुणस्तरिय स्वास्थ्य सेवा पुराउन नसकिएको बताएका छन् ।
‘भौगोलिक जटिलता, कर्मचारी, स्रोत साधन अभाव लगायतका कारण जनताले सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्’ सोमबार सेती प्रादेशिक अस्पतालको निरिक्षण गर्दै उनले भने –‘सरकारले स्वास्थ्यका समस्याका समाधान गर्दै आम नगरिकमा गुणस्तरिय सेवा प्रदान गर्न पहल गरिरहेको छ ।’
उनले जनताको स्वास्थ्यप्रति सबैले जवाफदेही भएर काम गर्नुपर्ने बताए । ‘स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो’ उनले भने ‘तपाई (कर्मचारी, स्वास्थ्यकर्मी)ले इमान्दार भएर सेवा दिनुपर्छ ।’
मन्त्री ढकालले सरकारले एक प्रदेश एक अस्पताल एक प्रतिष्ठानको नीति अवलम्बन गरेको जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न अस्पताल र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल भइरहेको बताए ।
उनले खटाइएका स्थानमा काम गर्न नजाने स्वास्थ्यकर्मीलाई कारबाही नीति अघि बढाइएको बताए । उनले भने– ‘पहिलो पटक सचेत, दोस्रो पटक लिखित जानकारी दिइन्छ । अझैं नमाने कामबाट विदाई गरिन्छ ।’
उनले देशका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसार कर्मचारी अभाव रहेको बताउ“दै जुन ठाउ“मा कार्यरत स्वास्थ्यकर्मी छन् त्यही व्यवस्थापन गरिन्छ र अभाव भएका स्थानमा नीति बनाई सरकारले स्वास्थ्यकर्मीको माग गर्ने बताए ।
उनले सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमकै विश्वसनीय अस्पताल भएकोले यसको स्त्तरोन्नतीका लागि संघीय सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार