१२ श्रावण २०८१, शनिबार

अनाथ र टुहुरा बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग



धनगढी । प्रोजेक्ट २२२ डट ओआरजी, सुखी नेपाल र कन्सर्न बाजुराले १३ जना अनाथ र टुहुरा बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
यि तीन वटै संस्थाको साझेदारीमा सञ्चालित बालबालिकाका लागि शिक्षा सहयोग अन्तरगत पहिलो चरणमा बाजुराको बुढीगंगा नगरपालिकामा कन्सर्न बाजुराद्वारा सञ्चालित बाल स्याहार गृहमा रहेका ति बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको खाद्यन्न र शैक्षिक साम्रगी सहयोग गरेको हुन् ।
यो सहयोगले थौरै भएपनि बाल स्याहार गृहमा रहेका बालिबालिकाहरुको खाद्यन्नको समस्यालाई केही समयका लागि राहत मिल्ने बिश्वास लिइको कन्सर्न बाजुराले जनाएको छ । सहयोगी संस्थाहरुलाई कन्सर्नबाजराले खुसी व्यक्ति गर्दै धन्यबाद प्रदान गरेको छ ।
सुखी नेपाल २०७६ साल असोजमा काठमाडौ जिल्ला प्रशासन कार्यलयमा दर्ता भई मानिसका आधारभुत कुराहरु खाना, पानी, आवास, शिक्षा, स्थास्थ्य, जीविकोपार्जन र सुशासनका लागि पैरवी गर्दै आइरहेको छ भने प्रोजेक्ट २२२ डट ओआरजी अमेरीकामा दर्ता भई मानिसका खाना, पानी, आवास अधिकारको पुर्तिको लागि घाना र नेपाल लगायत विभिन्न देशहरुमा सन २०१८ देखि नै पैरवी गरिरहेको छ । आगामी दिनमा यि दुबै संस्थाहरुले विभिन्न परियोजनामार्फत पीछडिएका र गरिब सुमुदाय तथा परिवारका लागि कार्य गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार