४ असार २०७८, शुक्रबार

नवजीवन अस्पतालको वार्षिकोत्सव



धनगढी । निजी क्षेत्रको लगानी बाट संचालित नवजिवन अस्पतालले आफनो १४ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको थियो । त्यस्तैे ३७ जनाले रक्तदान समेत गरेको अस्पतालका संचालक योगेन्द्र ओझाले जानकारी दिए ।
अस्पतालले ५० शैयाको सो अस्पताल वाट नि शुल्क प्रसुती सेवा, नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम, नि शुल्क खोप सेवा, निशुल्क क्षयरोगको औषधी वितरण तथा परामर्श प्रदान गर्दै आएको छ । हाल अस्पतालमा विभीन्न विशेषज्ञ सेवाहरु (हाडजोर्नि, वालरोग, प्रशुती तथा स्त्री रोग, फिजिसियन, जेनरल तथा ल्याप्रोस्कोपीक सर्जरी, एनेस्थेशिया, रेडियोलोजी, फिजियोथेरापी) लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिईरहेको छ । केहि महिना अघिबाट मात्र आई.सि.यु. सेवा संचालन गरेको उक्त अस्पतालले निकट भविष्यमा एन.आई.सि.यु. सेवा समेत विस्तार गर्न लागेको छ । हाल अस्पतलले आफनो थप ओ.पि.डी. सेवा विस्तारको लागी अलगै भवन करिव करिव तयारी अवस्थामा पुगेको छ ।
वार्षिकोत्सवको अवसर पारी अस्पतालले ३० जना विरामीहरुको अत्याधुनिक मिनी पिसिएनएल पद्दती वाट निशुल्क शल्यक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्