१० श्रावण २०८१, बिहीबार

शैक्षिक मेला शुरु



धनगढी । सुदूरपश्चिमको धनगढीमा आईतबारदेखि शैक्षिक मेला शुरु भएको छ । एजुकेशन डटकमको आयोजनामा होटेल जलशामा शुरु भएको मेला सोमबारसम्म चल्ने छ ।
मेलाको सुदूरपश्चिम प्रदेश नेपाली का“ग्रेस संसदीय दलका नेता रणबहादुर रावल र नेपाली का“ग्रेस कैलाली सभापति नरनारायण शाह (मनु) ले संयूक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
नेपालमा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको जनाइएको छ ।
‘आफनै क्षेत्रमा शिक्षा हासिल गरि विश्वभरी परिचित हौं’ भन्ने मुल नाराका साथ जारी मेलामा काठमाण्डौ बिश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र एश्वर्य मल्टिपल क्याम्पसका विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिईरहेको भिजन मिडिया इन्कर्पोरेशनका प्रमुख कार्यकारी निर्देशक तारामान रावलले जानकारी दिए ।
यसैगरी सुदूरपश्चिमाञ्चल क्याम्पस, कैलाली मल्टिपल क्याम्पस, नेपाल वेश्टर्न कलेज तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयस“ग आवद्ध विद्यार्थीलाई परामर्श दिईरहेको उनले बताए । मेलामा ३० भन्दा बढी कलेजको सहभागीता रहेको छ भने सुदुरपश्चिम प्रदेशका विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार