१० श्रावण २०८१, बिहीबार

विद्यालय भवन शिलन्यास



बौनिया । कैलालीको बसन्तमुरारी माविको चार कोठे पक्की भवनको बिहीबार सिलन्यास भएको छ ।
प्रदेश सभा सदस्य अमरबहादुर साउदले सो भवनको शिलन्यास गरे ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विनियोजित ३८ लाख रुपैया अनुदानमा सो भवन निर्माण हुन लागेको छ ।
सो अवसरमा प्रदेश सभा सदस्य साउदले विद्यालय भवन अभावको समस्या पूर्ण रुपमा अन्त्य गरिने बताए ।
उनले प्रदेश सरकारले बास्कोटीस्थित मोहन्याल माविमा कम्प्युटर ईन्जिनियर पढिरहेका छात्राहरुको आवासका लागि ७० लाख रुपैया बजेट विनियोजित गरेको बताए ।
उनले मोहन्याल गाउपालिकास्थित राष्ट्रिय आधारभुत विद्यालय चोसेकाडामा १८ लाख, नवदुर्गा आधारभुत विद्यालय ताम्चामा पक्की भवन निर्माणका लागि १८ लाख, शान्ति मावि फल्लेविसौनामा पर्खालका निर्माणका लागि पांच लाख तथा जगन्नाथ प्रावि निमुवाबोझीको पर्खालका लागि पांच लाख रुपैया बजेट विनियोजन गरिएको बताए ।
विद्यालयका प्राचार्य भुमि प्रकाश बमले स्वागत गरेको कार्यक्रममा गाउपालिका उपाध्यक्ष भगवति डगौरा थारु,वडा अध्यक्ष जयरुप खतिवडा, २ का अध्यक्ष भेखु चौधरी, ३ का अध्यक्ष करने सुनार, नेकपा बर्दगोरीया अध्यक्ष राम बहादुर साउद, जगत साउद, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुवरको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन शिक्षक प्रभुनाथ जोशील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार