१० श्रावण २०८१, बिहीबार

ठेकराजको वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवास्थित ठेकराज माध्यामिक विद्यालले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रानाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा विद्यालयका संस्थापक ठेकराज पन्तको अर्धकदको शालिक अनावरण गरियो । संस्थापक ठेकराजका सुपुत्र अंकुशले विद्यालय परिसरमा सो सालिक निर्माण गरेको जनाइएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र ओझाले विद्यालयको वार्षिक गतिविधी, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
शिक्षक प्रतिनिधि राजप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भक्तराज रानाले गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले २०७५ मा विद्यालयबाट एसइइ परिक्षमा सर्वोत्कृष्ट अंक ल्याउने सुमित्रा रानालाई ठेकराज पन्त प्रतिभा पुरस्कार र एसइइ परिक्षमा द्धितिय स्थान हासिल गर्ने आरती जोशीलाई तारानाथ जोशी प्रतिभा पुरस्कार प्रदान गरेको थियो ।
त्यस्तै, शिक्षक ज्ञानुराज जोशी, अभिभावक विपना चौधरीलाई सम्मान गरियो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक बुद्धिराम चौधरीले ५० हजार पा“च सय पा“च रुपैयाको पुरस्कार घोषणा गरेका थिए ।
विद्यालयलाई किसान टे«ड्रि कन्सर्न धनगढीका प्रबन्ध निर्देशक अहमदले ३१ हजार रुपैया सहयोग प्रदान गरेको थियो ।
वार्षिकोत्सवमा विद्यार्थीहरुले थारु र पहाडी समुदायका आआफनो संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार