१० श्रावण २०८१, बिहीबार

पुरस्कार वितरण गरी फारवेष्टको वार्षिकोत्सव



धनगढी । धनगढी–५, जाईस्थित फरवेष्ट सेकेण्डरी स्कूलले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर २९ औं वार्षिकोत्सव बिहीबार बनाएको छ ।
स्कूलले वार्षिकोत्सवका अवसरका आयोजित विभिन्न विधाका प्रतियोगिता विजेता विद्यार्थी तथा कक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार, ट्रफी, मेदल र प्रमाण पत्र वितरण गरेको हो । स्कूलका शिक्षक पूर्णबहादुर बुढाक्षेत्रीले वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद, सांस्कृतिक तथा बौद्धिक प्रतियोगिता आयोजना गरिएको र सो प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको बताए ।
स्कूलले २०७५ को एसईईमा तीन दशमलव छ जिपिए ल्याएर विद्यालयमा प्रथम हुने विद्यार्थी रवि ओझालाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेको छ । शिक्षक बुढाक्षेत्रीले गतवर्ष प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत नगद पुरस्कारसहित प्रशंसा पत्र वितरण गरिएको बताए । स्कूल नर्सरीदेखि कक्षा १० सम्म सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार