१० श्रावण २०८१, बिहीबार

दुर्गालक्ष्मीकाे वार्षिकोत्सव



गोदावरी । गोदावरी नगरपालिका, अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको आइतबार १४ औ वार्षिकोत्सव कार्यक्रम भएको छ ।
वार्षिकोत्सव कार्यक्रमको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उदघाटन गरेका थिए । कार्यक्रम क्याम्पसका प्राचार्य डम्मर पालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य चुन कुमारी चौधरी, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य पालले क्याम्पसको प्रतिवेदन प्रस्तुत गरेका थिए । २
यसैबीच, सो क्याम्पसको प्राध्यापक संघ ईकाईले एकलौटी ढंगले वार्षिकोत्सव कार्यक्रम गरेको आरोप लगाएको छ । संघका अध्यक्ष बिष्णुबहादुर कठायतले विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनले एकलौटी ढंगले कार्यक्रम गरेको आरोप लगाए ।
विज्ञप्तीमा क्याम्पस प्रशासनले अपूर्ण समायोजनमा विश्वविद्यालयसंग सम्झौता गरेको, समायोजन पूर्वको प्राध्यापक तथा कर्मचारीहरुको तलब भत्ता भुक्तानी नदिएर सम्झौता गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार