१० श्रावण २०८१, बिहीबार

विद्यालयलाई कम्प्युटर हस्तान्तरण



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीमा रहेको समैजी आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।
वडा नम्बर ३ को आर्थिक सहयोगमा सो विद्यालयलाई ११ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । वडा नम्बर ३ का अध्यक्ष कमल थारुले आइतबार विद्यालयका प्रध्यानाध्यापक विकास प्रसाद जोशीलाई ती कम्प्युटर हस्तान्तरण गरे ।
वडाध्यक्ष थारुका अनुसार चालू आर्थिक वर्ष २०७६÷०७७ को बजेटमध्ये पांच लाख ५० हजार रुपैयाको लागतमा २४ थान कम्प्युटर खरीद गरिएको छ । वडा कार्यालयले ११ थान कम्प्युटर गंगरी आधारभुत विद्यालय बगुलिया र ११ थान समैजी आधारभुत विद्यालयलाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार