१० श्रावण २०८१, बिहीबार

सिडलिङ जोनको वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिड्लिङ जोन मन्टेश्वरी स्कुलले सातौ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।
विद्यालयले धनगढीमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
सो अवसरमा नगर प्रमुख वडले अभिभावकहरुले आफ्नो संस्कार भन्दा आयातित भाषा, संस्कार संस्कृती वालबालिकाहरुलाई बढी सिकाउन थालेकोमा चिन्ता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ऐश्वर्य विद्या निकेतनका प्रिन्सीपल प्रेमनीधि ओझा, कैलाली विद्या निकेतनका सञ्चालक टोपेन्द्र शाह, सुदूरपश्चिम बस व्यवसायी प्रालिका अध्यक्ष पदम सापकोटा, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयकी प्रिन्सीपल शारदा रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्मला खडायतले गरेकी थिइन् ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्य, कला प्रस्तुती गर्नुका साथै नाटक प्रदर्शनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार