१० श्रावण २०८१, बिहीबार

विद्यालयमा तेक्वान्दो खेल लागू



धनगढी । धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयहरुमा तेक्वान्दो खेल लागू गरिएको छ ।
उपमहानगरपालिकाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रदिप थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
केही समय अघि नगर प्रमुख वड, नेपाल तेक्वान्दो संघका प्रदेश अध्यक्ष थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवास शाही र कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहित शाह कोरिया भ्रमणमा गएका थिए ।
नेपाल तेक्वान्दो संघ सुदूरपश्चिमका अध्यक्ष प्रदिप थापाले धनगढीका विद्यालयतहमा तेक्वान्दो खेल अनिवार्य गर्ने कुरो महत्वपूर्ण उपलब्ध भएको बताए ।
अध्यक्ष थापाले धनगढी नगरका प्रत्येक वडामा रहेका सरकारी तथा निजी स्कुलहरुमा तेक्वान्दो खेल अनिबार्य बनाउने, चालू आर्थिक वर्षमा कम्तिमा आठ वटा स्कुलमा तेक्वान्दो खेल शुरुवात गर्ने बताए ।
त्यसैगरी तेक्वान्दो संघले प्रशिक्षणको लागि आवश्यक प्रशिक्षकको व्यवस्था गर्ने, तेक्वान्दो खेलको विकास र संचालन गर्न लागिएको कार्यक्रम सफल पार्नको लागि केन्द्र र “तेक्वान्दो प्रमोशन फाउण्डेशन, कोरिया” संग संयोजनकारी भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार