१० श्रावण २०८१, बिहीबार

बाजुरामा इन्फ्लुन्जा एक भाइरस



बाजुरा । बाजुराको हिमाली र स्वामिकात्र्तिक खापर गाउ“पालिकामा केही दिनदेखि देखापरेको भाइरल ज्वरोको संक्रमण इन्फ्लुन्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ ।
बिरामीमध्ये चार जनाको ल्याव नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फ्लुन्जा ए भाइरसका कारण भएको पुष्टि भएको बताइएको छ ।
स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार भाइरल ज्वरोका बिरामीको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु (काठमाडौं) पठाइएको र परीक्षणबाट ज्वरो र रुघाखोकी इन्फ्लुन्जा ए भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
बाजुराको हिमाली तथा स्वामिकार्तिक गाउ“पालिकाका केही गाउमा केही दिनयता भाइरल ज्वरोको प्रकोप फैलिएको थियो ।
भाइरल ज्वरोबाट एक हजार दुई सय बढि बिरामी भएका थिए । भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु समेत भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भाइरल ज्वरोको प्रकोप फैलिएपछि हिमाली तथा स्वामिकार्तिक गाउपालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार