१० श्रावण २०८१, बिहीबार

ठेकराज माविको व्यवस्थापन समिति गठन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवास्थित ठेकराज माविको विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन गरिएको छ ।
शुक्रबार भएको भेलाले मनिराज पन्तको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यमा रघुनाथ राना, हुकुम विष्ट, कल्पना कठायत र जानकी विक सदस्य चयन भएका छन् ।
त्यस्तै, बलबहादुर चौधरीको संयोजकत्वमा आठ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
समितिको सदस्यमा रामबहादुर नेपाली, चन्द्रदेव शर्मा, रामवती राना, पार्वती चन्द, खेमबहादुर चोखाल, पुजा राना र गीता खडायत रहेका छन् ।
विद्यालयका प्राधानाध्यापक रामचन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन भक्तराज रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार