१५ कार्तिक २०८१, बिहीबार

एक्सीसद्वारा रक्तदान कार्यक्रम



धनगढी । धनगढीमा रहेको एक्सीस विद्याश्रमले आफ्नो १६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित एक्सीस विद्याश्रमका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।
विद्यालयका शिक्षक घनश्याम मलासीले धनगढीमा हुने रगत अभावलाई दृष्टिगत गर्दै विद्यार्थीहरूले रक्तदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार