१० श्रावण २०८१, बिहीबार

ऐश्वर्यको ४३ औं वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थित ऐश्वर्य विद्या निकेतनको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार भएको छ ।
वार्षिकोत्सव कार्यक्रमको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले उद्घाटन गरे ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य रानाले ऐश्वर्य प्रदेशकै गुणस्तरीय शिक्षा दिने सबैभन्दा ठूलो शैक्षिक संस्थाका रुपमा चिनिएको चर्चा गरे । उनले सार्वजनिक संस्थाका रुपमा रहेको ऐश्वर्य विद्या निकेतनको विकासमा सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ऐश्वर्य सामुदायिक विद्यालय भएर पनि सरकारबाट कुनै पनि सहयोग नलिएर सञ्चालन भइरहेको बताए ।
नगर प्रमुख वडले भने– ऐश्वर्यले अरु बोर्डिङ स्कूलभन्दा निकै कम शैक्षिक शुल्कमा पठनपाठन गरिरहेको छ । सरकारबाट कुनै किसिमको आर्थिक सहयोग प्राप्त हुने व्यवस्था भएमा अहिलेको पढाई शुल्कमा समेत कम गर्न सकिने छ ।
सो अवसरमा पूर्व सांसद तथा ऐश्वर्य विद्या निकेतनका सल्लाहकार समितिका सदस्य महेश्वर पाठकले आफूले जीवनको उर्जाशिल समय ऐश्वर्य विद्या निकेतनको प्राचार्यका रुपमा विताएको स्मरण गरे ।
शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तले अभिभावकहरूलाई बालबालिकाको शैक्षिक उपलब्धीलाई परीक्षामा प्राप्त गरेको ग्रेडसंग मात्रै नदाज्न आग्रह गरे ।
कार्यक्रममा नाष्ट कलेजमा पिन्सिपल शिवहरी मुडभरी, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोउत्सवको समापन कार्यक्रममा असल अभिभावक, सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरू, पूर्व विद्यार्थीहरूलाई सम्मान गरियो ।
ऐश्वर्य विद्या निकेतन सार्वजनिक गुठीद्वारा सञ्चालित सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार