१० श्रावण २०८१, बिहीबार

मेसुको लापरबाहीका कारण संकास्पद व्यक्तिको स्याम्पल पठाउन ढिलाई



रुघाखोकी र घाँटी दुःख्ने समस्यामा विरामीमा काेराेनाकाे शंका

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले क्रोना भाइरसको शंका लागेपछि एक जनालाई उपचारमा राखेको छ ।
चाइनाबाट फर्किएका एक जना व्यक्तिको बुधबार दिउँसो नै रुघाखोकी लागेकाले अस्पतालले उपचारमा राखेको हो । विदेशबाट फर्किएका व्यक्तिमा १४ दिनभित्रै रुघाखोकी देखिएमा स्याम्पल केन्द्रीय ल्यावमा पठाउन निर्देशन गरिएको भएपनि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको लापरबाहीका कारण स्याम्पल पठाउन ढिलाई भएको छ । तत्काल स्याम्पल पठाउनुपर्नेमा अस्पतालले बुधबार साँझ परेपछि मात्रै प्रदेश प्रयोगशालामा स्याम्पल पठाएको थियो । ढिलो पठाएका कारण बिहिबार दिउँसोको फ्लाइटमा मात्रै सो स्याम्पल काठमाडौं पठाइएको छ ।
स्रोतका अनुसार मेसु पाण्डेले सामान्य रुघाखोकी र घाँटी दुःख्ने समस्या रहेको भन्दै स्यामपल पठाउन लापरबाही गरेका हुन् । तर मेसु पाण्डेले आफूले समयमै स्याम्पसल प्रदेश प्रयोगशालामा पठाएको दावी गरेका छन् । उनले सामान्य रुघाखोकी र घाँटी दुःख्ने समस्या रहेको र विदेशबाट फर्किएको हुनाले निगरानीमा राखेको जनाए । उनले क्रोना भए÷नभएको केन्द्रिय ल्यावले एकीन गर्ने बताए ।
राजेश साउँद नामका ति विरामी चाइनाबाट फर्किएको १२ दिनमा अस्पतालमा रुघाखोकीको उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार