१० श्रावण २०८१, बिहीबार

चिकित्सक संघमा डाक्टर जोशी केन्द्रीय सदस्यमा निर्वाचित



धनगढी । सेती अस्पतालमा कार्यरत डाक्टर प्रमोद जोशी चिकित्सक संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

संघको केन्द्रीय समितिको निर्वाचनमा डाक्टर जोशीले दुई हजार सात सय ९६ मत सहित केन्द्रिय सदस्यमा निर्वाचित भए । सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित डाक्टर जोशी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् ।
संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट छ हजार एक सय ५७ मत खसेको थियो । गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान सकिएको थियो । अन्तिम मतपरिणाम अनुसार संघको अध्यक्षमा डाक्टर लोचन कार्की निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित डाक्टर कार्कीको चार हजार एक सय ११ मत प्राप्त गरे भने प्रतिस्पर्धी डाक्टर पुष्पमणि खरालले एक हजार नौ सय ७९ मत प्राप्त गरे ।
१३ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ तीन हजार ५९५ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी रक्षा श्रेष्ठले दुई हजार २६२ मत प्राप्त गरिन् ।
त्यस्तै उपाध्यक्षमा तीन हजार ९४५ मतसहित अनिलबिक्रम कार्की विजयी भ एभने उनका प्रतिस्पर्धी रञ्जीतकुमार झाले एक हजार ९५४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार