२० बैशाख २०८१, बिहीबार

एम्बुलेन्समा चित्तल तस्करी प्रकरण: चालक संघको माग– दोषिमा हदैसम्मको सजाय



धनगढी । एम्बुलेन्स चालक संघ सुदूरपश्चिम प्रदेश कमिटिले एम्बुलेन्समा मृत चित्तल तस्करी कार्यमा संलग्न दोषीलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ ।
बैतडीको डिलासैनी गाउ“पालिकाको मातहतमा रहेको एम्बुलेन्समा मृत चित्तल तस्करी गरिरहेको अवस्थामा आइतबार गोकुलेश्वर इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोमबार संघले प्रेस विज्ञप्ती जारी गर्दै विज्ञेप्तीमा घटनाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रदेश अध्यक्षद्वारा हष्ताक्षरित विज्ञप्तीमा पक्राउ परेका एम्बुलेन्स चालक महेश बोहरा संघको सदस्य समेत नरहेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ– एम्बुलेन्स चालक संघ अनुशासित र मर्यादित सेवा प्रवाह गर्ने तथा गराउने तथा स्तरिय सेवा दिने विषयमा कटिबद्ध छ ।
शनिबार महेन्द्रनगर बिरामी पु¥याएर फर्किदै गरेको अवस्थामा गोकुलेश्वर इलाका प्रहरी कार्यालयले आइतबार बिहान एक बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१–३६४ नम्बरको एम्बुलेस नियन्त्रणमा लिएको थियो ।
प्रहरीले एम्बुलेन्स चालक महेश बोहरा, एम्बुलेन्स तथा चित्तल नियन्त्रणमा लिएको थियो । डिलासैनी गाउँपालिकाले चालक महेशलाई करार सेवामा नियुक्त गरेको बताइएको छ ।
एम्बुलेन्स चालक महेशले आफूले “शनिबार विरामी पुर्‍याउन महेन्द्रनगर गएको र फर्किने क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको प्रहरी समक्ष बयान दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार