२० बैशाख २०८१, बिहीबार

तेस्रो पटक अन्धोपनको सर्वेक्षण



धनगढी । कैलालीको गेटामा रहेको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण गर्ने तयारी गरेको छ ।
प्रदेशमा आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणको कारण लगायतका पक्षबारे जानकारी प्राप्त गर्न र आँखा अस्पतालको आगामी कार्यक्रम, नीति तथा गुरुयोजना निर्माणमा मद्दत पुर्‍याउने उद्देश्यले तेस्रो पटक अन्धोपनको सर्वेक्षण गरिने अस्पतालले जनाएको छ ।
आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन गरेको जनाएको छ । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले प्रदेशका नौ वटै जिल्लाका एक सय ३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिने जानकारी दिए । बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने– अहिलेसम्म तीन स्थानमा सर्वेक्षण भइसकेको छ । अन्य स्थानको दुई महिनाभित्रै सर्वेक्षण सकेर रिपोर्ट तयार गरिने छ ।
उनले ५० वर्ष उमेरमाथिका जनसंख्यालाई समेटेर सर्वेक्षण गरिने बताए । उनले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समुहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समुहलाई लक्षित गरिएको बताए ।
उनले भने– सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आ“खा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिने छ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार छ सय २० जनालाई समावेश गरिने लक्ष्य रहेको छ ।
त्यस्तै, आँखा अस्पतालले विद्यालयमा आधारित विद्यार्थीहरूको दृष्टीदोष बारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पा“च देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई समावेश गरेर दृष्टीदोषबारे सर्वेक्षण गरिएको जनाएको छ । बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने– विद्यालयमा सर्वेक्षण कार्य पुरा भइसकेको छ । अहिले प्रतिवेदन निर्माण कार्य भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यस क्रममा प्रदेशको सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा सून्य दशमलव आठ प्रतिशत जनसंख्यामा अन्धोपना देखापरेको थियो ।
बाह्य कार्यक्रम व्यवस्थापक भट्टका अनुसार ३८ वर्ष अघि गरिएको पहिलो सर्वेक्षणमा अन्धोपनको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो । उनका अनुसार सन् १९८१ मा गरिएको सर्वेक्षणले कुल अन्धोपन मध्ये ७२ प्रतिशत मोतिबिन्दूका कारण रहेको पाइएको थियो ।
सुदूरपश्चिम प्रदेशमा अन्धोपनको तथ्यांकलाई आधारमा मानेर सुधार ल्याउन कैलालीको गोदावरी नगरपालिकामा गेटा आ“खा अस्पतालको स्थापना गरिएको थियो ।
समुदायमा आधारित आ“खाको उपचारात्मक, प्रतिरोधात्मक तथा प्रवद्र्धनात्मक सेवा प्रदान गरि गेटा आ“खा अस्पतालले सन् २००८ मा गरिएको सर्वेक्षणमा अन्धोपनमा सुधार भएकोे जनाएको थियो ।
सन् २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा अन्धोपनको अवस्थामा सुधार आएर सून्य दशमलव ४१ प्रतिशतमा झरेको तथ्यांक रहेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक अर्थात् सन् २००८ मा गरिएको अन्धोपनको सर्वेक्षणमा प्रदेशमा अन्धोपनको प्रमुख कारण जलविन्दु रहेको पाइएको थियो । १२ वर्ष अघि गरिएको दोस्रो सर्वेक्षण प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा ६२ प्रतिशत अन्धोपनको मुख्य कारण जलविन्दु रहेको उल्लेख थियो । सन् १९८१ को सर्वेक्षणमा अन्धोपनको दोस्रो कारणका रुपमा रहेको ट्रकोमा दोस्रो पटकको सर्वेक्षणसम्म आइपुग्दा निकै कममा झरेको पाइएको थियो ।
हाल नेपालमा एक लाख बढी मानिस दृष्टीबिहीन रहेको र प्रत्येक वर्ष २५ हजार नया“ दृष्टीबिहीन थपिने गरेको गेटा आ“खा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले जानकारी दिए । उनका अनुसार नेपालमा छ लाख मानिसहरूको दृष्टी क्षमता कमजोर रहेको छ । दृष्टि क्षमता कमजोर रहेकामध्ये महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।
नेपालमा सन् २०११ मा गरिएको सर्वेक्षणमा कुल जनसंख्याको सून्य दशमलब ३५ प्रतिशतमा अन्धोपन देखिएको जनाइएको छ ।
विश्वमै अन्धोपनको मुख्य कारण अहिले दृष्टिदोष रहेको छ । संसारमा कुल २५ करोड ३० लाख मानिसहरू अन्धोपन तथा न्यूनदृष्टीबाट पीडित रहेका छन् । तथ्यांक अनुसार तीन करोड ६० लाख मानिसहरू दृष्टीबिहीन छन् । प्रत्येक पा“च सेकेन्डमा एक जना व्यक्ति दृष्टिबिहीन हुने गरेको छ ।
विश्वमा ८२ करोड ६० लाख मानिसको नजिकको दृष्टि कमजोर रहेको तथ्यांकले देखाएको छ । त्यस्तै, अन्धोपन तथा न्यून दृष्टिबाट पीडित ९० प्रतिशत मानिसहरू विकासोन्मुख देशमा बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार