१२ श्रावण २०८१, शनिबार

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार



धनगढी । बच्चा जन्माएपछि स्वास्थ् अवस्था जटिल भएकी डोटीकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार मंगलबार गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा मंगलबार डोटीको दिपायलसिलगढी नगरपालिकाका २६ वर्षीया अरुणा भण्डारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं लगिएको छ ।
शनिबार राती डोटी जिल्ला अस्पतालमा सल्यक्रिया मार्फत बच्चा जन्माएकी अरुणाको स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
आइतबार सेती प्रादेशिक अस्पताल पु¥याइएकी अरुणाको स्वास्थ्यमा कुनै सुधार आउन नसकेपछि उनलाई काठमाडौ“ रेफर गरिएको थियो । एम्बुलेन्समार्फत काठमाडौं लैजान जोखिम भएका कारण उनका आफन्तहरूको अनुरोधमा प्रदेश सामाजिक विकास मन्त्रालयले हेलिकोप्टरमार्फत उनलाई काठमाडौं पुर्याउने व्यवस्था गरेको थियो ।
आफन्तहरूको अनुरोधमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा संघीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरी काठमाडौं पु¥याएको बताइएको छ ।
चिकित्सका अनुसार अरुणतीन दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसियुमा राखिएकी अरुणामा उच्च रक्तचाप लगायतका जटिलता देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार