१० श्रावण २०८१, बिहीबार

किङ्गफिसर ईलिंसवोडिङ्ग स्कुलको ११ औ वार्षिकोत्सव सम्पन्न



धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. १३ स्थित किङ्गफिसर ईलिंसवोडिङ्ग स्कुलको ११ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
शुक्रबार स्कुलको वार्षिक उत्सवको उद्घाटन शिक्षाविद डा. हेमराज पन्तले गरेका थिए । उनले लागु पदार्थको भयाभह स्थिती भएको वताउँदै विद्यार्थीको प्रत्यक्ष निगरानीमा अभिभावकले हुनुपर्ने बताए । उनले आफनै घरआगनमा रहेको र तपाईहरुको प्रत्यक्ष निगरानी रहेको योेस्कुलमा विद्यार्थीको भविष्य उज्जवल हुने बताए । उनले यो स्कुलवाट सेती अञ्चल टप समिर थापा जस्ता विधार्थी उत्पादन भएको समेत स्मरण गरे ।
त्यसैगरी, नास्ट कलेजका प्रमुख एवं अर्थ विद शिवहरीशर्मा मुडभरीले विधार्थीको आमा पहिलो शिक्षक भएको वताए । तव मात्र दोसोमा विधालयको शिक्षक हुने गरेको वताए । यो विधालय शैक्षिक धरोहरको रुपमा विकास हुन थालेको वताउदै उनले भने यस स्कुलमा अध्यनरत विधार्थीको भविस्य फलदायी हने वताए ।
धनगढी उप महानगरपालीका वडानं. १३ का वडा अध्यक्षय विजयराज जोशीले शिक्षक भन्दा पनि अभिभावकले विधार्थीको ख्याल गरे गुणस्तरीय शिक्षा मजवुत हुन वेर नलाग्ने वताए । गुणस्तरीय शिक्षाका लागि शिक्षक मात्रैले हुन्न उनले भने यस्का लागी सवै अभिवावकको पनि उत्तिकै आवश्यकता छ ।
त्यसैगरी, समाजसेवी हरिश खडकाले दक्ष जनशतिm उत्पादन भए मात्र देश समाजको विकास हुने वताए । दक्ष जनशतिm उतपादन गर्ने थलो नै पाठशाला हो यसको रेखदेख र गुणस्तरीयताको निम्ती सवैको चासो उत्तिकै आवस्यतmा भएको उनको भनाई छ ।
किङ्गफिसर ईलिसवोृडिङ्ग स्कुलका व्यवस्थापन समिती अध्यक्ष पुस्कर राज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कक्षा ९ मा अध्यनरत विधार्थी प्रियंका सिह वडा सदस्य हिरा लाल राना जनतारास्ट्यि माधयामिक विधालय व्यवस्थापन समिती कैलाली गाउ वडा नं. १३ का अध्यक्षय विनोद पन्त केलाली सामुदायिक वनका अध्यक्षय कमल वोहरा शिक्षक पुर्ण थापा लगाएतका वतmा हरुले आगामी दिनमा पनि विधालयको पुर्ण सफलताकोमना सहितको मन्तव्य व्यतm गरेका थिए ।
कार्यक्रममा सोही विधालयमा अध्ययनरत छात्र समिर थापाले २०७५ सालको एसअइ परिक्षामा ३.९ अंक ल्याई सेती अच्चल टप भएको भन्दै विधालयले थापालाई ५ हजार नगद र प्रमाण पत्र सहित दोसल्ला ओढाएर पुरस्कृत गरेको थियो ।
त्यसैगरी शिवशिखर एग्रो प्रालिका निर्देशक दिपकवहादुर ऐरले पनि थापालाई उपकार चिया, वासमति राइस चकलेट र प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।
अर्का जेहेन्दार विधार्थी गिता ऐर लाई पनि ३ हजार नगद सहित उपकार चिया वासमती राईस चकलेट र प्रमाणपत्र वाट उनले सम्मान गरेका थिए ।
त्यसैगरी विभीन्न विधामा उत्कृस्ट विधार्थी लाइ पनि प्रमाण पत्र र मेटल दिएर पुरस्कृत गरिएको अध्यक्ष पुस्कर राज पन्त ले जानकारी दिए ।
कार्यक्रम अवधिभर विधार्थीले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने गायीका पार्वती वमले गितको माध्यम वाट मनोरन्जन प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार