१० श्रावण २०८१, बिहीबार

विद्यालयमा दिवाखाजा कार्यक्रम लागू



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको छ ।
बर्दगोरिया गाउपालिकामा रहेका सबै १७ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
शिक्षण सिकाईमा बालबालिकाको सहभागिता वृद्धि गरि सिकाई स्तर सुधार गर्ने लक्ष्यसहित दिवाखाजा कार्यक्रम सुरु भएको जनाइएको छ ।
यससंगै आधारभूत तहका बालबालिकाको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरि शैक्षिकस्तर अभिवृद्धि गर्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम लागू भएको छ । खासगरि न्यून आय भएका र खाद्य जोखिममा रहेका परिवारका बालबालिकालाई भोकको समयमा स्वस्थकर खाना उपलब्ध हुनाले त्यस्ता समुदायका लागि दिवाखाजा सामाजिक सुरक्ष“ कार्यक्रम बनेको जनाइएको छ ।
यसअघि गाउ“पालिकाका केही विद्यालयमा मात्रै दिवा खाजा कार्यक्रम सञ्चालन हु“दै आएको थियो । आधारभूत तहका शिशु कक्ष“देखि कक्ष“ ५ सम्म अध्ययन गर्ने बिद्यार्थीमा दिवा खाजा कार्यक्रम संचालन गरिएको छ ।
गाउ“पालिका शिक्ष“ तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्टका अनुसार कार्यक्रम सञ्चालनका लागि प्रति विद्यार्थी १५ रुपैया“का दरले गाउ“पालिका मार्फत विद्यालयको खातामा रकम निकासा गर्ने व्यवस्था मिलाइएको छ ।
विद्यालयले प्रमाणित गरेको विद्यार्थी उपस्थित हाजिरी विवरणका आधारमा मासिक वा त्रैमासिक रूपमा सो अनुदान शीर्षकको रकम निकासा जाने शाखा प्रमुख भट्टले जानकारी दिइन् ।
उनले आधारभूत तहका विद्यार्थी कुपोषित नहुन, उनीहरूको शारीरिक र मानसिक विकाससंगै होस् भन्ने हेतुले यो कार्यक्रम सञ्चालनमा ल्याउने बताइन् ।
विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । उनले भनिन– विद्यार्थीलाई एक सय ८० दिन विद्यालयमै दिवा खाजाको व्यवस्था गर्ने गरि कार्यक्रम संचालन भइरहेको छ ।
दिवाखाजा कार्यक्रमले बालबालिका नियमित रुपमा विद्यालय उपस्थित हुने दरमा वृद्धि हुने विश्वास र अपेक्ष“ गरिएको गाउ“पालिका शिक्ष“ शाखा प्राविधिक सहायक निरीखनन्दन लालकर्णले बताए ।
दिवाखाजा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवालासँग यसअघि छलफल तथा अन्तरक्रिया भैसकेको छ । कार्यक्रम प्रभावकारी ढंगले लागू भए, नभएको निरीक्षण गर्ने अधिकार ब्यवस्थापन समितिलाई दिइएको छ । यससंगै गाउ“पालिकाबाट समेत अनुगमन तथा निरीक्षण गरिने गाउ“पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार