१ माघ २०८१, मंगलवार

मातृ तथा शिशु मृत्युदरमा कमी आयो



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दरमा कमी आएको छ ।
शहरी स्वासथ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकालाई खोप लगाउने क्रममा पनि निकै सुधार आएको देखिएको छ । घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप प्रगति भएको केन्द्रका अनमी उर्मिला जोशीले बताइन् । उनले ८५ प्रतिशत बढि बालबालिकालाई खोपको पहु“चमा ल्याइएको बताइन् ।
केन्द्रमा वडा नम्बर ६ र ७ का बासिन्दाले स्वास्थ्य सेवा पाइरहेका छन् । केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको उनले बताइन् ।
यसैगरी वडा नम्बर १७ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नम्बर ५, ११ र १२ का बासिन्दाले पनि स्वास्थ्य सेवा पाउन सहज भएको छ । शहरी स्वास्थ्य केन्द्र अन्र्तगत चार वटा गाउ“घर क्लीनिक सञ्चालन गरिएको छ ।
केन्द्रका अनमी सारदा सिंहका अनुसार सो शहरी स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधिमा चार हजार तीन सय जनाले उपचार सेवा पाएका छन । ती मध्ये नौ सय ३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।
त्यस्तै, वडा नम्बर १९ मा १६ लाख ५० हजार रुपैयाको लागतमा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । भवन निर्माण भएपछि गर्भवती जा“च, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट ह“ुदै आएको छ । सो केन्द्रबाट वडा नम्बर २, १५, १८ र १९ का बासिन्दाले सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार